संसदको आयु लिम्बिँदैन, प्रस्ताव आजै फिर्ता हुन्छ


२१ भाद्र २०७९, मंगलवार ११:०५ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाको आयु नल्बिने बताउनु भएको छ ।

संसदको आयु नलम्ब्याउने बारे गठबन्धन दलमा सहमति भइसकेको उहाँले बताउनुभयो ।

मंगलबार बिहान धनगढी पुग्नु भएका दाहालले आजै यो प्रस्ताव फिर्ता हुने जानकारी दिनुभयो ।

सरकारले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ मार्फत प्रतिनिधिसभाको आयु थप्न खोजेपछि चौतर्फी आलोचना भएको थियो ।

सरकारको यो कदममा निर्वाचन आयोगले समेत असहमत जनाइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here