मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि राष्ट्रिय नीति बनाउन सरकारलाई निर्देशन


१९ भाद्र २०७९, आईतवार १६:३० मा प्रकाशित

काठमाडौँ ।  प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि राष्ट्रिय नीति बनाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले मानव बेचबिखन तथा बाध्यकारी श्रमको जोखिमपूर्ण अवस्थाबाट नागरिकको संरक्षण गर्नु राज्यको दायित्वको दृष्टिकोणबाट हेरिनु आवश्यक रहेको भन्दै यस सम्बन्धी राष्ट्रिय नीति बनाउन महिला बालबालिका तथा ज्येष्ठ नगारिक मन्त्रालयलाई निर्देशन दिएको हो ।

त्यस्तै बैठकले श्रम बजारमा उपलव्ध हुने जनशक्तिलाई देशभित्रै रोजगारी दिने वातावरण बनाउन, सो सम्बन्धमा स्पष्ट अल्पकालिन तथा दिर्घकालिन कार्यनीति बनाई शिघ्र कार्यान्वयनमा ल्याउन पनि सरकारलाई निर्देशन दिएको छ ।

बैठकले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न आधुनिक सूचना प्रणालीको प्रयोग गर्न पनि सरकारलाई निर्देशन दिएको छ भने मानव बेचबिखन जस्तो जघन्त अपराधमा संलग्नलाई दिईने विद्यमान सजायमा पुर्नबिचार गर्न सरकारलाई निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here