काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउनु गल्ती भएको र आफूलाई दुःख लागेको बताउनुभएको छ ।
आइतबार सिंहदरबारमा बसेको महाभियोग सिफारिस समितिमा तेश्रो दिनको बयान दिने क्रममा जबराले साँढे आठ बर्षसम्म उक्त मुद्धामा राय लिदाँ पिडित परिवारमाथि अन्याय नै भएको आफूलाई लागेको र उक्त मुद्दा फैसलामा प्रायश्चित्त गरेको बताउनुभएको हो । उहाँले उक्त मुद्दामा विवेक प्रयोग गरेको भन्दै यसैका कारण महाअभियोग लगाइएको हो भने जनतासमक्ष माफी माग्ने स्पष्ट पार्नुभयो । उहाँले यो मुद्धाको सम्पूर्ण जिम्मेवारी आफूले लिने र अन्य न्यायधिशलाई आरोप नलगाउन आग्रह गर्नुभयो ।
जन्मकैद मुलुकी व्यवस्था अनुसार सजायमा विवेक प्रयोग गर्ने अधिकारको प्रयोग भएको र उनका बच्चाहरुलाई ख्याल गरेर कैद घटाउने स्वविवेकिय अधिकार प्रयोग गरेको उहाँको भनाइ छ । त्यस्तै जवराले संवैधानिक अंगका पदाधिकारी नियुक्तिमा सम्बन्धमा परेका रिट निवेदनहरुमा एक बर्षसम्म पनि प्रारम्भीक सुनुवााई नगरेको आरोप अस्वीकार गर्नुभयो । संसद बिघटन र संवैधानिक नियुक्तीको मुद्धा संगसंगै परेकाले संसद बिघटनको मुद्धालाइ प्राथमिकता दिइको उहाँले बताउनुभयो ।
बैठकपछि समिति सदस्य मीन विश्वकर्माले आइतबार बैठकको कार्यबिधि संशोधन गरेको जानकारी दिनुभयो । अब प्रश्न सोध्ने र लिखित जवाफ लिएर प्रतिप्रश्न गर्ने उहाँले बताउनुभयो । आइतबार पाँच वटा प्रश्न सोधिएको र अर्को बैठक भाद्र २५ गते बस्ने विश्वकर्माले जानकारी दिनुभयो ।
समितिले जवरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरेको थियो । गत फागुन १ गते जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिधिधिसभामा महाभियोग दर्ता भएको थियो ।





