काठमाडौँ । नेपालमा थप दुई सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको दुई हजार चार सय ८५ पिसिआर परिक्षणका क्रममा दुई सय २४ जना र एक हजार चार सय ३५ एन्टीजेन परिक्षणका क्रममा ४७ जनामा कोरोना संंक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ भने थप एक सय ७५ जना निको भएका छन् । हाल नेपालमा तीन हजार एक सय ९४ सक्रिय संक्रमित आइशोेलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।





