आफूले कानूनबाहिर गएर कुनै काम नगरेको प्रष्ट : चोलेन्द्र शम्शेर


१५ भाद्र २०७९, बुधबार १७:१३ मा प्रकाशित

काठमाडौँ ।   निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराले आफूले कानूनबाहिर गएर कुनै काम नगरेको प्रष्ट पार्नुभएको छ ।

बुधवार महाभियोग सिफारिस समितिको बैठकमा आफूमाथि लागेको अभियोगको जवाफ दिँदै उहाले आफुले संविधानभन्दा बाहिर गएर काम नगरेको र महाभियोगको प्रक्रिया पनि नमिलेको बताउनुभएको हो । उहाँले आफू भन्दा पछिको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउनकै लागी आफूलाई महाभियोग लगाइएको तर्क गर्नुभयो ।

उहाँले महाभियोगलाई संसदले समयमा नै किनारा नलगाएको भन्दै आपत्ती जनाउनुभयो । बुधबार जबरामाथि उठेका केहि प्रश्नका बारेमा सवालजवाफ भएको र बिहीबार पुन बयान हुने सांसदहरुले बताएका छन् । बैठकपछि कांग्रेस सांसद मीन विश्वकर्माले बयानको पहिलो दिन चार वटा प्रश्नमा छलफल भएको र सांसदहरुको प्रतिप्रश्न आएको बताउनुभयो ।

त्यस्तै माओवादी सांसद रेखा शर्माले बयान केहि दिन लम्वन सक्ने बताउनुभयो । त्यस्तै एमाले सांसद कृष्णभक्त पोखरेलले बयानपछि समितिले सत्यतथ्य निष्कर्ष निकाल्ने बताउनुभयो ।

फाल्गुन १ गते सत्तारुढ दलले महाअभियोग लगाएपछि प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here