झापाको गौरादहमा फर्निचर उद्योगमा आगलागी, करिब १५ लाख रुपैयाँ बराबरको क्षति


१२ भाद्र २०७९, आईतवार १०:२१ मा प्रकाशित

झापा । झापाको गौरादहमा एउटा फर्निचर उद्योगमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादहको पायल फर्निचर उद्योगमा आगलागी भएको हो ।

झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकका अनुसार आइतबार बिहान साढे ३ बजे गौरादह नगरपालिका-१ का मुनिलाल शर्माको फर्निचरमा आगलागी भएको हो ।

विद्युत सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट फर्निचर परिसरभित्रै बाँस र टिनको छानो भएको टहरा पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

टहराभित्र रहेका मेसिन, काठ र फर्निचर जलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here