सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै


१२ भाद्र २०७९, आईतवार १०:०२ मा प्रकाशित

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्ने कार्यदल सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यसअघि गत शुक्रबार बसेको कार्यदलको बैठकमा प्रतिनिधि सभासँगै प्रदेशसभातर्फ पनि गठबन्धन दलहरूबीच सिट बाँडफाँटको विषयमा छलफल भएको थियो ।

सो बैठकमा दलहरुले आ–आफ्नो दाबी प्रस्तुत गरेका थिए ।

नेपाली कांग्रेसले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कम्तिमा सय सिट आफुले पाउनुपर्ने दाबी प्रस्तुत गरेको छ ।

यसैगरी, नेकपा माओवादीले पनि ५५ देखि ६० सिटमा दाबी गरेको छ । कांग्रेस र माओवादीले ठूल्लो हिस्सा माग गर्दा साना दलहरु भने समस्यामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here