सामूहिक बलात्कारमा संलग्नलाई रिहा गरेको विरोधमा प्रदर्शन


१२ भाद्र २०७९, आईतवार ११:५७ मा प्रकाशित

झापा । सामूहिक बलात्कारको आरोपमा आजीवन काराबासमा परेका ११ जनालाई रिहा गर्ने निर्णयको विरोधमा भारतभर विरोध प्रदर्शन भएको छ ।

राजनीतिक शक्तिको आडमा दोषीलाई रिहा गरिएको भन्दै भारतका विभिन्न सहरमा प्रदर्शन भइरहेको छ । सन् २००२ मा गुजरातमा मुस्लिम समुदायकी बिलकिस बानोमाथि सामूहिक बलात्कार भएको थियो भने त्यतिबेला भएको धार्मिक दङ्गामा उहाँका परिवारका १४ जनाको ज्यान गएको थियो ।

पाँच महिनाकी गर्भवती रहेकी बानोलाई बलात्कार गरेको आरोपमा ११ जनालाई सन् २००८ मा जन्मकैदको सजाय सुनाइएको थियो । तर, १५ वर्षको जेल सजाय भोगका उनीहरुलाई अहिले स्वतन्त्रता दिवसको अवसरमा रिहा गरेपछि विरोध प्रदर्शन सुरु भएको हो ।

प्रदर्शनकारीहरुले बलात्कारीको रिहाइ स्वीकार्य नरहेको बताएका छन् । उनीहरुले यस्ता घटनामा संलग्नको रिहाइले महिलाको सुरक्षामा असर पार्ने बताएका छन् । बानोलाई बलात्कार गर्नेहरु रिहा भएपछि उहाँको गाउँ रणधीकपुरबाट झण्डै पाँच सय मुसलमान विस्थापित भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here