प्रधानमन्त्रीमा ओलीलाई अघि सारेर नेकपा एमाले चुनावमा जाने


१२ भाद्र २०७९, आईतवार ०७:४६ मा प्रकाशित

काठमाडौं । नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर नेकपा एमाले चुनावमा जाने भएको छ ।

पार्टीको शनिबार सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको हो ।

पार्टी उपमहासचिव तथा केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा आसन्न निर्वाचनमा पार्टीलाई बहुमतसहितको पहिलो शक्तिका रूपमा विजयी बनाउनका लागि आ–आफ्नो कार्यक्षेत्रमा सक्रियतापूर्वक अहोरात्र खट्न हाम्रो पार्टीका सबै कमिटीहरू, नेता, कार्यकर्ता र जनसंगठनहरूलाई आह्वान गरिएको छ ।

स्थानीय तह निर्वाचनमा जस्तै संविधानले किटानी व्यवस्था गरेको प्रदेशसभा र प्रतिनिधिसभाको आवधिक निर्वाचनलाई पनि समयमै नगर्नका लागि सत्तारुढ गठबन्धनले अनेक बहनाबाजी गरेको भन्दै एमालेले आपत्ति जनाएको छ ।

निर्वाचनको घोषणा भइसकेपछि कामचलाउ सरकारको रूपमा रहेको सरकारले गरेका पछिल्ला कामकारबाहीको पनि एमालेले विरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here