एमालेको निर्वाचन परिचालन कमिटीको बैठक बस्दै


१२ भाद्र २०७९, आईतवार ०७:०६ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको बैठक आज बस्ने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्न लागेको हो ।

कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारीहरु, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरु सदस्य रहेका छन् ।

बैठकमा नजिकिँदै गरेको  संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी विभिन्न योजना तय गर्ने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here