झापामा श्रीमानद्वारा श्रीमतीको हत्या


११ भाद्र २०७९, शनिबार १०:४८ मा प्रकाशित

झापा । श्रीमतीलाई धारिलो हतियार प्रहार गरि हत्या गरेका झापा गाउँपालिका ६ चन्द्रबस्तीका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

४० बर्षिय नाइके हास्दाले मादक पदार्थ सेवन गरि आफ्नै श्रीमती ३५ बर्षिया तालामाई हास्दाको गए राति हत्या गरेका थिए।

हत्या गरेलगत्तै फरार भएका नाइकेलाई कचनकवल गाउँपालिका १ को नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले बताउनु भयो।

घटनाबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here