काठमाडौं । फिफाले भारतको फुटबल संघलाई लगाएको प्रतिवन्ध फुकुवा गरेको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार अखिल भारत फुटबल संघ (एआइएफएफ) माथिको निलम्बन फकुवा गरेको हो ।
सन् २०२० मा हुनुपर्ने निर्वाचन १८ महिनासम्म नगरेपछि भारतको सर्वोच्च अदालतले तत्कालिन अध्यक्ष प्रफुल पटेललाई पदबाट हटाएको थियो ।
एआइएफएफको जिम्मेवारी तीन सदस्यीय कमिटिलाई दिएको थियो ।
यो कमिटिलाई अदालतले एआइएफएफको निर्वाचन र नयाँ विधान लागू गर्ने जिम्मेवारी दिएको थियो ।
तर फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको कारण देखाउँदै एआइएफएफलाई अगस्ट १६ मा तत्काल लागू हुने गरी निलम्बन गरेको थियो ।
त्यसयता भारत फिफाको निलम्बनबाट फुकुवा हुन तिव्र रुपमा कार्य गरिरहेको थियो ।





