गठबन्धनमा एक/दुई दिनभित्रै सिट बाँडफाँड टुँगो लाग्ने देवप्रसाद गुरुङको दावी


८ भाद्र २०७९, बुधबार १७:१२ मा प्रकाशित

काठमाडौँ ।   नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनमा एक/दुई दिनभित्रै सिट बाँडफाँड टुँगो लाग्ने दावी गर्नुभएको छ ।

रिपोटर्स क्लव नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाँले अहिले पनि सिट बाँडफाँडका लागि गठबन्धनका शीर्ष नेताहरुबीच छलफल चलिरहेको जानकारी दिनुभयो ।

गुरुङले मुलुकको राष्ट्रिय राजनीतिमा देखापरेको संकटलाई सबै दलबीचको सहकार्यले पार लगाउनुपर्नेमा जोड दिनुभयो । महासचिव गुरुङले एमाले पनि विगतका गल्ती कमजोरी पूनर्विचार गर्न तयार भयो भने वाम घटकहरु सहकार्य गरेर जान सकिने तर वाम घटकमा संकीर्णता भने देखिएको बताउनुभयो ।

फरक प्रसँगमा उहाँले पार्टीका पदाधिकारी समावेशी नभएको बताउनुभयो । केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला सुनिश्चितता् गरेको भएपनि पदाधिकारीको सवालमा त्यसो हुन नसकेको उहाँले बताउनुभयो ।

गुरुङले आफ्नो दलमा पर्ने सिटको भागअनुसार सोहीअनुसार उम्मेद्धवार उठाउने सवालमा मापदण्ड तय गरिने जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here