तनहुँ र म्याग्दीको जलविद्युत आयोजना निर्माणमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण


८ भाद्र २०७९, बुधबार १६:५४ मा प्रकाशित

काठमाडौँ ।   प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तनहुँको, तनहुँ जलविद्युत आयोजना र म्याग्दीको रघुगंगा जलविद्युत आयोजना निर्माणमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले दुई जलबिधुत आयोजना निर्माणका क्रममा बिविध जटिलता देखिएको भन्दै आन्तरिक समन्वयमार्फत सवै समस्यालाई समाधान गर्दै निर्माणमा देखिएको समस्या हटाउन सरकारलाई निर्देशन दिएको हो ।

बैठकमा उक्त आयोजनाहरुको निर्माण अवस्थाका बारेमा अध्ययन गर्न गठित अनुगमन समितिले प्रतिवेदन बुझाएको थियो । आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनको निस्कर्ष र सुझावहरुमा समावेश विषयहरुलाई यथाशीघ्र कार्यानवयन गर्नको लागि सम्बन्धित अन्तर मन्त्रालयहरुलाई निर्देशन दिइएको समिति सभापति पूर्ण कुमारी सुवेदीले जानकारी दिनुभयो ।

बैठकमा नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिभिन्न कारणले उक्त आयोजनाहरु समयमा नै सुरु हुन नसक्दा लागत नै महङ्गो पर्ने देखिएको बताउनुभयो । बिभिन्न समस्या समाधानका प्रयास हुँदा पनि उक्त आयोजनाहरु निर्माण गर्न निकै कठिन भएको उहाँको भनाइ छ ।

त्यस्तै सांसदहरुले आयोजनाहरु निर्माणमा ढिलाई भएका कारणहरुलाई राज्यले गम्भीर रुपमा लिनुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here