काठमाडौँ मलको अनधिकृत संरचना महानगरले डोजर लगाएर हटायो


८ भाद्र २०७९, बुधबार १३:०७ मा प्रकाशित

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले सुन्धारामा रहेको काठमाण्डौ मलको अनधिकृत संरचना डोजर लगाएर भत्काएको छ ।

महानगरले नक्सा पासभन्दा बाहिर गएर मलले बनाएका संरचना भत्काएको हो ।बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो ।

त्यस्तै नेपाल प्रहरी र महानगरपालिकाको प्रहरी टोली पनि खटिएको थियो ।

यसअघि गएको सोमबार महानगरले बानेश्वर क्षेत्रमा घर बनाउँदा पार्किङको लागि भनेर अहिले अन्य रूपमा प्रयोग भइरहेका संरचना भत्काएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here