एमालेभित्रको पुराना समस्यामा नफस्न नेता तथा कार्यकर्तालाई केपी ओलीको आग्रह


७ भाद्र २०७९, मंगलवार १९:०२ मा प्रकाशित

काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेभित्रको पुराना समस्यामा नफस्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

मंगलबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले एमालेभित्र पनि आत्मकेन्द्रीत हुने पुरानो प्रबृति रहेको भन्दै यसमा नफस्न आग्रह गर्नुभएको हो ।

निर्वाचनका लागि नेतृत्वमा बसेकाहरुले सबै ठाउँ पुगेर सबैलाई समेट्नुपर्ने उहाँले बताउनुभयो । उहाँले उम्मेदवारी नपाएर असन्तुष्टि हुने कामले निकै घाटा हुने गरेको भन्दै एकजुट भए सहज रुपमा जित्न सकिने जिकिर गर्नुभयो ।

त्यस्तै अध्यक्ष ओलीले यसअघि आफूले अघि सारेको नागरिकता सम्बन्धी कानुनलाई प्रचण्डले रोकेर अहिले भने छलफल नै नगरि अघि बढाएको बताउनुभयो । उहाँले सरकारले ल्याएको नागरिकता सम्बन्धी कानुनमा रहेका कतिपय बिषयहरुप्रति आपत्ती जनाउनुभयो । नागरिकताको समस्या सहिढंगले समाधान गर्ने पार्टी एमाले बाहेक अरु कोहि नरहेको उहाँको भनाइ छ ।

अध्यक्ष ओलीले यसअघिको एमाले सरकारले निकै राम्रा काम गरेको र वर्तमान सरकारले निरन्तरता दिन नसकेको धारणा राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here