काठमाडौं । काठमाडौंको फोहर व्यवस्थापनको कार्य अव्यवस्थित भएको भन्दै नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले प्रदर्शन गरेको छ ।
बिगत तीन चार महिनादेखि काठमाडौंको फोहर उठ्न नसकेको र बिभिन्न रोगको जोखिम बढेको भन्दै उनीहरुले आइतबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो ।
अहिले गठबन्धन सरकारले फोहर व्यवस्थापनमा कुनै चासो नदिएको आरोप उनीहरुले लगाएका छन् । उनीहरुले फोहरको बैज्ञानिक ढंगले व्यवस्थापन गर्न सरकारलाई दवाव दिन प्रदर्शन गरिएको बताए ।
प्रदर्शनमा सहभागीले कांग्रेस र गठबन्धनमा रहेका दलका कार्यकर्ताहरुले नै फोहर लैजाने गाडीहरुलाई अवरोध र तोडफोड गरेको आरोप लगाएका थिए ।
उनीहरुले गठबन्धन सरकारको महानगरवासीलाई उपहार, काठमाडौं शहर फोहोरै फोहोरको शहर, हाम्रो फोहर कहिले उठ्ने, हामी स्वस्थ जीवन बाच्न चाहन्छौ लगाएतका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।





