मन्त्रीपरिषदद्वारा कर्मचारीहरुको नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्ने निर्णय


२९ श्रावण २०७९, आईतवार १३:३९ मा प्रकाशित

सरकारले कर्मचारीहरुको नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्ने निर्णय गरेको छ ।  मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

त्यस्तै बैठकले भदौ ७ देखि ९ मा संयुक्त राष्ट्रसंघको आयोजनामा थाईल्याण्डमा हुने एक सम्मेलनमा सहभागी हुन राष्ट्रिय योजना आयोगका सचिवलाई स्वीकृति दिने निर्णय गरेको छ ।

विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि प्राप्त हुने करिब १२ अर्ब ७० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने गरेको छ भने जापान सरकारबाट पूर्वी तराईको सिंचाइ प्रणाली पुनःस्थापना आयोजनाका लागि प्राप्त हुने करिब २ अर्ब १३ करोड ६४ लाख अनुदान सहायता पनि सरकारले स्वीकार गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले सप्तकोशी बाढीबाट बढि क्षति भएका भौगोलिक क्षेत्रलाई बिपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।बैठकले राष्ट्रिय खेलकुद प्रतियोगीता सम्बन्धी निर्देशीका २०८९, भारतीय सेनाका स्थल सेनाध्यक्षलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रण पठाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले मन्त्रीपरिषद्ले उर्जा, कानून र कृषि मन्त्रालयका लागि अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गर्ने गरेको प्रवक्ता कार्कीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here