मंसिर ३ गते १८ बर्ष पूरा भएकाहरूले मतदानमा भाग लिन पाउने


२९ श्रावण २०७९, आईतवार ०७:२२ मा प्रकाशित

काठमाडौँ । मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मंसिर ३ गते १८ बर्ष पूरा भएकाहरूले मतदानमा भाग लिन पाउने भएका छन् ।

निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने भएका हुन् ।

आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । त्यसका लागि मतदाता सूचीमा नाम दर्ता भएको हुनुपर्नेछ ।

आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पनि निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेर मतदाता सूचीमा नाम भएका मतदातालाई मतदानमा सहभागी हुन पाउने व्यवस्था गरेको थियो ।

त्यसअघिका निर्वाचनमा निर्वाचनको मिति घोषणा भएको दिनसम्म १८ वर्ष पूरा भएका नागरिकलाई मात्र मतदानको व्यवस्था गरिँदै आइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here