नेपाल उद्यमशिल महिला संघ झापाकाे तेस्रो अधिवेशन सम्पन्न


२८ श्रावण २०७९, शनिबार १९:१४ मा प्रकाशित

 भरत प्रसाई  ।  नेपाल उद्यमशिल महिला संघ झापाले आफ्नो पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले आगामी दुई बर्षे कार्यकालका लागि नयाँ कार्यसमिति गठन गरेको छ । समितिको अध्यक्षमा पार्वता खरेल विमली चयन हुनुभएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा निरमाया पुलामी, प्रथम उपाध्यक्षमा ऐश्वर्य पाण्डे, द्धितीय उपाध्यक्षमा देवी पोखरेल, महासचिवमा यसोदा प्रसाईं, सचिवमा चन्द्रा भट्टराई, कोषाध्यक्षमा सुशीला पाठक र सदस्यहरुमा उमा प्रसाई, दुर्गा पौडेल, मुना पौडेल, चन्द्रकला रिजाल भट्टराई, निरा न्यौपाने कट्टेल, बिना थापा, संगीता चिमरिया, कमला प्रसाईं, विमला न्यौपाने र अर्चना बुढाथोकी चयन हुनुभएको छ ।

बिर्तामोडस्थित जयन्द्रप्रसाई प्रतिष्ठानको सभा हलमा आयोजित कार्यक्रकमा संस्थाका सम्पूर्ण पदाधिकारीलाई प्रमाण पत्र वितरण गरिएको थियो । महिलाको आर्थिक बिकास बिना महिला माथि हुने हिंसा न्यूनिकरण हुन नसक्ने भन्दै महिला उद्यमीको क्षमता अभिबृद्विका लागि संघको स्थापना गरिएको संस्थाकी अध्यक्ष पार्वता खरेल विमलीले बताउनु भयो ।  कार्यक्रममा अध्यक्ष विमलीले प्रगति प्रतिवेदन पढेर सुनाउनु भएको थियो ।

कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले भएको श्रोत र साधनलाई प्रयोग गरेर उत्पादनमा बृद्वि गरि देशको अर्थतन्त्र बढाउनमा महिला उद्यमी सक्षम हुनु पर्ने बताउनु भयो ।

लागु औषध कारोवारीको संख्या दिन प्रतितिदिन बड्दै गएकाले  सामाजिक उतरदायित्व अन्र्तगत  महिला उद्यमीहरुले पनि सचेतना कार्यक्रम चलाउनु पर्ने बिर्तामोडका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रुकुमबहादुर कुंवरले बताउनु भयो  ।

नेपाल चेम्बर अफ कर्मशका केन्द्रीय सदस्य ओमकृष्ण बिमलीले वातावरण तथा वन मन्त्रालयले भरखरै मात्र निर्देशिका जारी गरि प्लाष्टिकजन्य कुनै पनि फूलगुच्छा मालाहरु बजारमा बेच्न निषेध गरेको जनाउदै स्वदेशी बस्तुहरु र स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल उद्यमशील महिला संघ झापाकी सदस्य निर्मला चौहान भण्डारीलाई उत्कृष्ट महिला उद्यमीको रुपमा सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here