मिटरव्याजीविरुद्ध भदौ ५ गतेभित्र उजुरी दिन पीडितहरूलाई सरकारको आग्रह


२८ श्रावण २०७९, शनिबार १३:५९ मा प्रकाशित

काठमाडौं । मिटरव्याजीविरुद्ध भदौ ५ गतेभित्र उजुरी दिन सरकारले पीडितहरूलाई आग्रह गरेको छ ।

गृह मन्त्रालयले मिटरब्याजी पीडितहरुसँग उजुरी दर्ता गर्न आह्वान गरेको हो।

मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै आगामी ५ भदौसम्म आफ्नो जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिन आग्रह गरेको हो।

सरकारले मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेसँगै पीडितहरुबाट उजुरी आह्वान गरेको हो।

‘मिटरब्याजपीडित व्यक्तिहरूबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आ–आफ्नो जिल्लास्थित प्रशासन कार्यालयमा ५ भाद्रभित्र यथासम्भव बढी तथ्य र प्रमाणसहित उजुरी दर्ता गर्नुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ,’ मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ।

गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव डा. भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरी मिटरब्याजी अपराधमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here