काठमाडौँ । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३३ राजनीतिक दलले निर्वाचन आयोगमा दर्ता गरेका छन् ।
शुक्रबार ५ बजेसम्म यो संख्यामा दल दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिनुभयो ।
आगामी साउन ३१ गतेसम्मका लागि दल दर्ताको समय तोकिएको छ ।
मुख्य राजनीतिक दलमध्ये नेकपा एमाले निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भइसकेको छ भने काँग्रेस, माओवादी केन्द्र लगायतका दल दर्ता हुन बाँकी रहेको छ ।





