काठमाडौं । आज देशभरको मौसममा बदली रहने जनाइएको छ ।
आज, भोलि र पर्सि मौसम बदली रही धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज वाग्मती र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अहिले मनसुन न्यून चापीय रेखा नेपालको तराई पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा रहेको छ ।





