नेवा पासा मुना पुचको आयोजनामा सामुहिक क्वांटी पुन्ही तथा लाखे जात्राको आयोजना गरिने


२७ श्रावण २०७९, शुक्रबार १२:०५ मा प्रकाशित

 भरत प्रसाई । आफनो संस्कृतिलाई जोगाउने उदेश्यले नेवा पासा मुना पुचको आयोजनामा सामुहिक क्वांटी पुन्ही तथा लाखे जात्राको आयोजना गरिने भएको छ ।

बिहीबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा क्वांटी पुन्ही तथा लाखे जात्राको आयोजना गरिने जानकारी दिइएको हो । यही साउन २८ गते नेवारी कला संस्कृतिलाई जीवन्त राख्दै नयाँ पुस्तालाई संस्कारसंग परिचित गराउन सामुहिक क्वांटी तथा लाखे जात्राको आयोजना गरिन लागिएको कार्यक्रमकी संयोजक शर्मिला शाक्यले जानकारी दिनु भयो ।

कार्यक्रममा लाखे नाच गर्दै नगर परिक्रमा गर्ने, नेवार समुदायका २० भन्दा बढी संस्कृतिक झलक प्रस्तुत गर्ने, झापामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत नेवारी समुदायका विद्यार्थीमध्येबाट एसईईमा उत्कृष्ट ४ जनालाई नगद तथा प्रमाण पत्रद्वारा सम्मान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेवारी समुदायबाट सामाजिक क्षेत्रमा उत्कृष्ट योदान पु¥याउने बिर्तामोड ५ निवासी स्त्रीरोग विशेषज्ञ शलिना श्रेष्ठ, पूर्व सचिव दिनेश शाक्य नेवार एकता संघका केन्द्रिय सचिवको रुपमा नियुक्त हुनु भएकोमा सम्मान सहित शुभकामना प्रदान गरिने संस्थाका सचिव कमल श्रेष्ठले जानकारी दिनु भयो ।

नेवारी समुदाय खानाका परिकारको लागि धनी भएको बताउँदै, फरक संस्कृति बोकेको समुदायले आजभोली भाषा र संस्कृतिलाई गम्भीर रुपमा नलिँदा पहिचान ओझेलमा पर्न लागेको नेवा पासा मुना पुचका अध्यक्ष दिनेश श्रेष्ठले बताउनु भयो ।

पत्रकार सम्मेलनमा झापा भरिका सम्पूर्ण नेवारी समुदायलाई भाषा, संस्कृति र परिकारको सम्बद्र्धन र प्रचारका लागि एकै स्थनामा गोलबद्व हुन आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here