काठमाडौं । अभिनेता अनुपविक्रम शाही नेपाली काँग्रेस प्रवेश गरेका छन् । दुई दर्जन बढि चलचित्रमा अभिनेता शाही शुक्रबार बिहान एक कार्यक्रमका बीच काँग्रेस प्रवेश गरेका हुन् । उनलाई गृहमन्त्री एवं काँग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता लिनु भएको छ ।
मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरू महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थित रह्नु भएको थियो ।
अभिनेता शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि काँग्रेसले गरेको योगदान बुझेर पार्टीमा प्रवेश गरेको बताउनु भयो ।उहाँले काँग्रेस पार्टी कलाकारको सम्मान गर्ने पार्टी भएकोले आफुलाइ मन परेको बताउनु भयो ।
‘धेरै अग्रज र सम्मानित कलाकारहरु काँग्रेसमा हुनुहुन्छ, यसैले पनि मलाई काँग्रेस मन परेको हो उहाँको भनाइ छ ।
उनले आफू युवा भएकाले तरुण दलमार्फत युवाका पक्षमा काम गर्न चाहेको बताउनु भयोे । अभिनेता शाहीले द्रव्य, सौर्य, हसियाँ, ठमेल डटकम, हाउ फन्नी, वीर विक्रम, कमलेको विहे, कृ, हुर्रे, लिलिबिली, पुरानो बुलेटलगायत दुई दर्जन बढि चलचित्रमा अभिनय गरी सक्नु भएको छ ।





