थप ८ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु


२५ श्रावण २०७९, बुधबार १७:४० मा प्रकाशित

काठमाडौँ । नेपालमा थप ८ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ६ सय १४ पिसिआर परिक्षणका क्रममा ४ सय ९६ जना र ३ हजार ९१ एन्टीजेन परिक्षणका क्रममा ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ४ सय १४ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ५ हजार ८ सय ८५ सक्रिय संक्रमित आइशालेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here