स्थानीयको अवरोध पछि: प्रहरी परिचालन गरेर नदि उत्खनन


३१ जेष्ठ २०७६, शुक्रबार २३:०६ मा प्रकाशित

झापा । अर्जुनधारा नगरपालिकामा रहेका नदि उत्खनन कार्यमा स्थानीयको अवरोध सृजना भएपछि बल प्रयोग गरीएको छ ।

स्थानीयको बिरोधकै बीच शुक्रवार नगरपालिकाको रोहवरमा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरी नदि उत्खनन गरीएको हो ।नगरपालिकाले ठेकेदारलाई टाङ्टिङ,बिरिङ र ठुलो नेते नदी उत्खनन लागि ठेक्का दिएपनि स्थानीयले विभिन्न समस्या राख्दै अवरोध सृजना गर्दै आएका छन् ।

स्थानीयले नदी उत्खननका कारण पानीको मुहान सुक्ने, सिचाईका लागि बनाईएका पैनीमा पानी नचढ्ने लगायत विभिन्न प्रकारका समस्या नगरपालिका समक्ष राख्दै आएपनि सुनुवाई हुन नसकेको स्थानीय लोकबहादुर प्याकुरेलको भनाई छ ।अर्जुनधारा वडा नम्बर १ र बुद्वशान्ति गाउँपालिका वडा नम्बर २ का स्थानीयले नदि उत्खननको  विरोध गर्दै आएका हुन् ।

नगरपालिकाले यस बर्ष २ करोड ६१ लाख रुपैँयामा टाङ्टिङ,बिरिङ र ठुलो नेते नदी उत्खननको लागी एस.यू.एस कन्ट्रक्सनलाई ठेक्का दिएको हो ।यस अघि ठेकेदार पक्षले स्थानीयले नदी उत्खननमा अवरोध गरेको भन्दै उच्च अदालत इलाम इजलासमा निवेदन दिएको र अदालतद्वारा काम गर्न दिनु भनी अन्तरिम आदेश समेत जारी गरिकेको ठेकेदार राजकुमार थापाले बताउनु भयो ।

नगरपालिकाका प्रमुख हरीकुमार रानाले भने आईईई प्रतिवेदन अनुसार नै तोकीएको ठाउँमा स्थानीयलाई अबरोध नपुग्ने गरी उत्खननको लागि ठेकेदार पक्षलाई अनुमती दिएको बताउँदै आउनु भएको छ ।नदि उत्खनन कार्यले बर्षेनी यस क्षेत्रका स्थानीयले पिडा खेप्दै आएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here