ढलान भत्किँदा दाङमा तीन मजदुरको मृत्यु


३२ जेष्ठ २०७६, शनिबार ०८:३७ मा प्रकाशित

सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ढलान भत्किँदा दाङमा तीन मजदुरको मृत्यु भएको छ।

दुई जना घाइते भएका छन्। भारत झारखण्ड निवासी ४५ वर्षका मंगल कस्यव, २२ वर्षका दयाल हरेन र ४६ वर्षका साहेबको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिए। लमही नगरपालिका ७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा छैटौँ तलाको ‘सट्रिङ’ भत्किएको हो। प्रहरीका अनुसार घटना राति २ बजे भएको हो।

घटनामा घाइते भएका अजय हेरेन र नरेन साइवनलाई लमहिमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल लगिएको छ। दिउँसो काम गर्दा गर्मी बढी हुने भएकाले उनीहरु रातको समयमा काम गरिरहेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here