गर्मीकाकारण वीरगञ्जमा विद्यालय बन्द


३१ जेष्ठ २०७६, शुक्रबार २२:१६ मा प्रकाशित

वीरगञ्ज । गर्मी बढेपछि वीरगञ्जमा एक साताका लागि विद्यालय बन्द गरिएको छ । वीरगञ्ज महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै असार १ गतेदेखि ६ गतेसम्म सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरेको हो ।

वीरगञ्ज महानगरपालिका अन्तर्गत सञ्चालित सबै विद्यालयका प्रधानाध्यापकहरुको छलफल तथा नगर शिक्षक महासंघको राय अनुसार विद्यालय बन्द गर्ने निर्णयमा पुगेको सूचनामा उल्लेख छ ।

एकसातापछि पनि मनसुन शुरु नभई प्रचण्ड गर्मी कायम रह्यो भने विद्यालय बन्दलाई एक साता अझै निरन्तरता दिनुपर्ने अवस्था आउन सक्ने महानगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।

गत वर्ष पनि गर्मीकै कारण जेठ २९ गतेदेखि असार ३ गतेसम्म वीरगञ्ज महानगरपालिकाले विद्यालय बन्द गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here