आदिवासीका हकहित स्थापीत गर्न सरकार क्रियाशिल रहँदै आएको छ : देउवा


२३ श्रावण २०७९, सोमबार १७:४८ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले वर्तमान संविधानमा उल्लेख आदिवासीका हकहित स्थापीत गर्न सरकार क्रियाशिल रहँदै आएको बताउनुभएको छ ।

विश्व आदिवासी दिवसका सन्दर्भमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले आदिवासी जनजातीको ज्ञान सिप र सांस्कृतिक परम्परालाई संरक्षण गर्दै संविधानमा उल्लेख हकहित स्थापीत गर्न क्रियाशिल रहँदै आएको बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले आदिवासी जनजातिको पहिचान गरी राज्यको मूलधारमा ल्याएर उनीहरूलाई कुनै पनि किसिमको अवसरबाट बञ्चित हुन नदिन सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले मुलुकको बिभिन्न परिवर्तनमा आदिवासी जनजाति समूदायको योगदानाई उच्च मुल्याङ्कन गरिएको धारणा पनि राख्नुभयो । प्रधानमन्त्री देउवाले आदिवासी जनजाति समुदायको विकास, उनीहरूका हक अधिकारको सुनिश्चितका लागि महासङ््घले अघि बढाउने हरेक सवालमा सरकारले सदैव साथ दिने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा कांग्रेसका नेताहरुले आदिवासी जनजातिको अधिकार स्थापीत गर्दै मुलुकको बिकासको बाटोमा अघि बढाउनका लागि सवै तत्पर हुनुपर्ने धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here