काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही आगामी प्रतिनिधिसभा चुनावमा जुम्लाबाट उठ्ने घोषणा गर्नुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच शाहीले जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा उठ्ने घोषणा गर्नुभएको हो । उहाँले अहिलेसम्म जुम्लाले धेरै प्रतिनिधि काठमाडौं पठाएपनि कसैले जुम्लाको आवाज नसुनेको बताउनुभयो ।
आफूलाई काठमाडौं , चितवन, नवलपरासी रुपन्देहीबाट चूनाव लड्न आग्रह गरेपनि पनि आफूले जन्मथलो जुम्ला रोजेको उहाँले बताउनुभयो ।
आफ्नो उम्मेद्वारी जुम्लाको आर्थिक अवस्थालाई उकास्नका लागि भएको भन्दै उहाँले कांग्रेस माओवादी एमाले कसैको बिरुद्ध नभएको जिकिर गर्नुभयो ।
सरकारले मंसिर ४ गतेलाई प्रदेशसभा र प्रतिनिधिसभा चुनावको मिति तोकेपछि उम्मेद्वारी घोषणा पनि सुरु भएको छ ।





