सुनचाँदीको मूल्य घट्याे


२२ श्रावण २०७९, आईतवार ११:४० मा प्रकाशित

काठमाडौं ।  नेपाली बजारमा  सुनचाँदीको मूल्य घटेको छ। साताको पहिलो दिन आज आइतबार ५ सयले घटेर छापावाल सुन ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै तेजावी सुन प्रतितोलामा ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य पनि आइतबार १५ रुपैयाँले घटेर १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here