निलम्वित प्रधानन्यायाधीश राणा विरुद्धको महाअभियोग प्रस्ताव संसदमा पेश हुँदै


२२ श्रावण २०७९, आईतवार ०९:४० मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगमाथिको छलफल प्रक्रिया अघि बढ्ने भएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बिहान ११ बस्ने बैठकमा महाभियोगको प्रस्ताव पेश हुनेछ ।

गत फागुन १ गते नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का ९८ सांसदको हस्ताक्षरसहित संसद सचिवालयमा राणा विरुद्ध विभिन्न २१ वटा आरोपसहित महाभियोग दर्ता गरिएको थियो ।

प्रस्ताव दर्ता भएको साढे पाँच महिनापछि बल्ल उक्त प्रस्तावमाथिको छलफल अघि बढाउन लागिएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here