गठबन्धनले फेरी पनि पाँच बर्ष सरकार चलाए मुलुक अस्थिपञ्जर बन्ने एमाले अध्यक्ष ओलीकाे दाबी


२१ श्रावण २०७९, शनिबार १९:१२ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धनले फेरी पनि पाँच बर्ष सरकार चलाए मुलुक अस्थिपञ्जर बन्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा नेकपा एमाले प्रदेश सम्पर्क कमिटी प्रदेश १ भेलालाई सम्बोधन गर्दै ओलीले १ बर्षको अवधिमा नै वर्तमान गठबन्धनको सरकारले मुलुकलाई संकटको बाटोतर्फ अघि बढाएको भन्दै फेरी पनि पाँच बर्ष सरकार चलाए मुलुक अस्थिपञ्जर बन्ने बताउनुभएको हो ।

उहाले देश बचाउन, देशलाई अघि बढाउन र देशको बिकास गर्न एमालेको बहुमत आवश्यक पर्ने बताउनुभयो । ओलीले यसपटकको निर्वाचनमुखी महासंग्राम जसरी भएपनि राष्ट्रबादी देशभक्ती शक्तिले जित्नुपर्ने बताउनुभयो ।

एसपीपीका नाममा बिदेशी हतियार भित्राएर नेपाली युवाहरुलाई वर्वाद पार्नेहरुलाई जनताले ठिक पार्नुपर्ने उहाँको भनाई छ । ओलीले कम्युनिष्ट पार्टी भन्नेहरु एमालेको सरकार ढाल्न कांग्रेसको पुच्छर बनेको तर्क समेत गर्नुभयो ।

उहाले समृद्ध नेपाली, सुखी नेपालीको आकांक्षालाई पुरा गर्नका लागि एमालेमा जोडिन आह्वान समेत गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here