जलस्तर बढ्दै गएपछि कोशी ब्यारेजका ४२ ढोका खुला गरियाे


२१ श्रावण २०७९, शनिबार १८:०८ मा प्रकाशित

काठमाडौं  सप्तकोशी नदीको जलस्तर बढ्दै गएपछि कोशी ब्यारेजको ४२ वटा ढोका खुल्ला गरिएको छ।

दिउँसो ४ बजे प्रतिसेकेण्ड २ लाख २३ हजार क्युसेक पानीको बहाव मापन भएपछि ब्यारेजको २८ वटा ढोका पूर्ण र १४ ढोका आंशिक रुपमा खोलिएको सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले  जानकारी दिनु भयो ।

उहाँका अनुसार पानीको बहाव दिउँसो १ बजेसम्ममा २ लाख १७ हजार १७० क्युसेक प्रतिसेकेण्ड थियो।

पानीको बहाव बढेसँगै ५६ मध्ये आंशिक र पूर्ण गरी ४२ ढोका खोलिएको प्रहरी उपरीक्षक काफ्लेले बताए। आज मध्यान्हसम्ममा ब्यारेजको २९ ढोका खुला गरिएको थियो।

पूर्वी भेगमा जारी अविरल वर्षाका कारण नदीको जलस्तरपूर्वी भेगमा जारी अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वभाविक वृद्धि देखिएको भन्दै प्रशासनले तटीय क्षेत्रमा सतर्कता बढाएको जनाएको छ। कोशीको बाढीलाई मध्यनजर गर्दै सप्तरीतर्फ समेत प्रशासनले हाई अलर्ट जारी गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here