कांग्रेसले १०० सिट नपाए गठबन्धन हुँदैन : कोइराला


२१ श्रावण २०७९, शनिबार १३:४१ मा प्रकाशित

चितवन  । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शशांक कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरुबीच तालमेल आवश्यक भएको बताउनु भएको छ ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताउनु भयो ।

कांग्रेसले एक सय सिट पाएमा मात्र गठबन्धन हुन सक्ने बताउनु भयो । उहाँले तालमेलमा के हुन्छ भन्ने कुरामा अहिले भन्न नसकिने बताउनु भयो ।

एमालेसँग प्रतिस्पर्धा गर्नका लागि एक हुनुपर्यो। अहिलेको परिस्थितिमा सबै दलहरु कोही न कोहीसँग सहकार्य गरेर मात्रै निर्वाचनमा आउने उहाँको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here