यसपालीको भ्रमणमा आबेसंग भेट हुन नपाउनु दुर्भाग्यपूर्णः प्रचण्ड


२१ श्रावण २०७९, शनिबार ०९:३७ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्डले अहिलेको भ्रमणमा जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेलाई आफ्नो भेट हुन नसक्नु दुर्भाग्यपूर्ण भएको बताउनु भएको छ ।

आज बिहान टोकियोस्थित नारिता विमानस्थलमा अवतरण भएपछि प्रचण्डले पत्रकारसँग कुरा गर्दै भ्रमणका क्रममा जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई भेट्ने इच्छा रहेको तर त्यो पूरा हुन नसकेको बताउनुभयो।

आबे र आफ्नो पूर्वप्रधानमन्त्रीका हैसियतले पटकपटक भेटवार्ता र अन्तरक्रिया भएको सम्झिँदै प्रचण्डले यसपटकको भ्रमणमा जापानमै भेट्ने इच्छा भए पनि त्यो पूरा नभएको बताउनु भयो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here