काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जापान भ्रमणमा जानु भएको छ ।
उहाँ पाँच दिने भ्रमणका लागि जापान जानु भएको हो ।
नेपाल एअरलाइन्सको विमानबाट उहाँ जापान प्रस्थान गर्नुभएको हो ।
प्रचण्डसहित टोलीमा प्रमुख स्वकीय सचिव गङ्गा दाहाल, स्वकीय सचिव रमेश मल्ल र प्रेस संयोजक सूर्य किरण पनि रहनुभएको छ ।
नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान गएका प्रचण्डले त्यहाँ विभिन्न कार्यक्रममा भाग लिने कार्यक्रम छ ।
प्रचण्डले आज जापानको फुकुओकामा हुने नेपाल फेस्टिभलको उद्घाटन गर्नुहुनेछ ।
प्रचण्ड साउन २५ गते स्वदेश फर्कनुहुनेछ ।





