धनकुटा । अविरल वर्षाका कारण पहिरोले पुर्दा महालक्ष्मी नगरपालिका २ मा दुई जना घाइते भएका छन्। शुक्रबार बिहान पहिरोले महालक्ष्मी २ को लाफ्टाङमा २ घर पर्दा दुईजना घाइते भएको प्रहरीले जनाएको छ ।
पहिरोले स्थानीय तिलकबहादुर कटुवाल र कोषमाया बुढाथोकीको घर भत्किएको प्रहरीले जनाएको छ । पहिरोले कटुवालको घर पुर्दा घर पुर्दा, ८४ वर्षीय कटुवाल र उनकी छोरी अन्दाजी ४५ वर्षकी मित्रमाया कटुवाल दुवै जनाको दुवै हात भाँचिएको जिल्ला प्रहरी प्रवत्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिनु भयो । उनीहरू दुवैलाई उपचारको लागि सुनसरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको दाहालले जानकारी दिनु भयो ।
पहिरोले पुर्दा बुढाथोकीको घर, अन्नपात, सुनचाँदी, नगद गरी करिब ४० लाख र कटुवालको घर र सुनचाँदी गरी ३० लाख बराबरको क्षति भएको दाहालले जानकारी दिनु भयो ।





