आजदेखि मतदाता नामावली संकलन कार्य स्थगित


२० श्रावण २०७९, शुक्रबार ०८:३९ मा प्रकाशित

काठमाडौं । आजदेखि मतदाता नामावली संकलन कार्य स्थगित भएको छ ।

सरकारले निर्वाचनको मिति तोकेसँगै मतदाता नामावली संकलन स्थगित भएको हो ।

सरकारले बिहीबार मंसिर ४ गतेका लागि देशभर एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो ।

मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाक प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन साउन २० गते (शुक्रबार)देखि स्थगित हुने आयोगले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here