काठमाडौं । चुनावको मिति घोषणा भएसंगै संसदको कार्यकाल कहिलेसम्म रहने भन्ने प्रश्न उब्जिएको छ ।
यही विषयमा व्याप्त चासो रहँदा संघीय संसद् सचिवालयले प्रतिनिधि सभाको कार्यकाल राजनीतिक दलहरूले समानुपातिक उममेदवारको बन्दसूची बुझाउँदासम्म रहने बताइएको छ ।
संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदासम्म प्रतिनिधि सभाको कार्यकाल कायम रहने बताउनुभयो ।
सभामुख र उपसभामुखको हकमा पुनः सांसद पदको उम्मेदवार हुन चाहेको खण्डमा राजीनामा दिनुपर्ने सचिवालयले बताएको छ ।





