काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभाको चुनावको मिति घोषणा भएपछि भावी रणनीति तय गर्न सत्ता गठबन्धनको बैठक केही बेरमा बस्दैछ ।
अहिले बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरि बोलाइएको छ।
बैठकमा आगामी निर्वाचनको सिट बाँडफाँडबारे छलफल हुनेछ।
यसअघि सरकारले बिहीबार आउँदो मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा गरिसकेको छ।





