काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले स्थानीय तहको निर्वाचनमा एमालेबाहेक कसैले पनि चुनाव नलडेको दाबी गरेका छन्।
बिहीबार ललितपुरमा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै,उहाँले भन्नु भयो
‘स्थानीय तहको निर्वाचनमा कांग्रेसले चुनावै लडेकै होइन उसले जितेको पनि हैन, हारेको पनि हैन । स्थानीय तहको निर्वाचनमा माओवादी र जजपा लडेकै होइनन्।
’ सात सय ५३ वटै स्थानीय तहमा एमालेबाहेक कसैले चुनाव नलडेको उहाँको दाबी । उहाँले एमालेको विचारसँग कुनै पनि पार्टीको तुलना गर्न नमिल्ने बताउनु भयो ।
उहाँले नीति, आदर्श र विचारमा एमाले अब्बल पार्टी भएको जिकिर गर्नु भयो । एमाले सत्ता बाहिर हुँदा, विभाजित हुँदा पनि एमालेविरुद्ध चुनाव लड्ने दुई खुट्टाले टेकेको कुनै पार्टी नभएको पौडेलले दाबी गर्नु भयो ।





