काठमाडौं । लैनचौरबाट एक जना चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ जना नेपालीलाई पक्राउ गरिएको छ ।
बुधबार राति चिनियाँलाई लैनचौरबाट अपहरण गरेर गोंगबुमा बन्धक बनाएर राखेको आरोपमा ६ नेपालीलाई पक्राउ गरिएको हो ।
अपहरण गरी बन्धक बनाइएका चिनियाँको उद्दार गर्नुका साथै संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
अपहरणमा संलग्न भएका अन्य केही व्यक्ति फरार रहेका बताइएको छ । जिल्ला प्रहरी परिसर काठमाडाका अनुसार उनीहरूको खोजी कार्यलाई तिव्र बनाइएको छ ।





