भोलिदेखि मतदाता नामावली संकलन रोकिने, आइतबारबाट दल दर्ता सुरु


१९ श्रावण २०७९, बिहीबार १६:०४ मा प्रकाशित

सरकारले मंसिर ४ गते देशभर एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले काम सुरु गर्ने भएको छ ।

सरकारले चुनावको घोषणा गरेसँगै आयोगले दल दर्ता लगायतको काम सुरु गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनु भयो । उहाँले मतदाता नामावली भने भोलि देखि नै रोकिने बताउनु बताउनु भयो ।

सरकारले निर्वाचनको मिति घोषणा गरेपछि मतदाता नामावली संकलन रोकिने परम्परा रहँदै आएकाले सोही अनुसार आयोग निर्वाचन केन्द्रित हुने उहाँको भनाई छ ।

आयोगले यसअघि मंसिर २ गते निर्वाचनको मिति प्रस्ताव गरेको थियो । तर सरकारले मंसिर ४ गते एकै चरणमा दुवै निर्वाचन गर्ने घोषणा गरेको छ ।

स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरुको विवरणले प्रतिनिधि सभा र प्रदेश सभामा नहुने भएकाले नयाँ दर्ता गर्नुपर्ने प्रमुख आयुक्त थपलियाले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here