काठमाण्डौ । सरकारले असार १ गतेबाट लागु हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको छ ।
छोटा तथा लामा दूरीका बस, मिनिबस, माइक्रोबस, ट्रक टेम्पो लगायत सबैखाले सार्वजनिक गाडीमा अधिकतम १२ प्रतिशतसम्म भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
वैज्ञानिक भाडादरको प्रावधानअनुसार सवारी साधनको मूल्य, इन्धनको मूल्य, गाडीका उपकरणको मूल्य, श्रमिकको ज्यालादरलगायतलाई आधार मानेर १२ प्रतिशत भाडा बढाइएको विभागले जनाएको छ ।
सार्वजनिक यातायातको भाडा बढ्यो
३० जेष्ठ २०७६, बिहीबार १९:३६ मा प्रकाशित





