विश्वकप क्रिकेटमा आज न्युजिल्यान्डले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
इंग्ल्यान्डको ट्रेन्ट ब्रिजमा भारत र न्युजिल्यान्डबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा हुँदैछ ।अंक तालिकाको शीर्ष स्थानमा रहेको न्युजिल्यान्ड लगातार चौथो खेलमा जित हात पार्ने लक्ष्यमा हुनेछ ।यसअघि भएको तीनै खेलमा न्युजिल्यान्डले जित हात पारेको छ ।
आफ्नो पहिलो खेलमा श्रीलंकालाई १० विकेटले पराजित गरेको थियो ।त्यस्तै, आफ्नो दोस्रो खेलमा बंगलादेशलाई दुई विकेटले पराजित गरेको न्युजिल्यान्डले तेस्रो खेलमा भने अफगानिस्तानलाई सात विकेटले पराजित गरेको थियो ।यता भारत भने तेस्रो जितको खोजिमा हुनेछ ।यसअघि आफ्नो पहिलो खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो ।त्यस्तै, आफ्नो दोस्रो खेलमा भारतले बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो ।
न्युजिल्यान्डको ब्याटिङ निकै बलियो छ ।त्यतिकै बलियो बलिङ पनि छ ।बलिङ पनि न्युजिल्यान्डको निकै बलियो छ ।यता, भारत अहिलेसम्मकै सन्तुलित र बलियो टिम गनिएको छ । ब्याटिङ बलिङ उतिकै प्रभावकारी देखिन्छ ।





