श्री एअरलाइन्सको विमानमा समस्या देखिएपछि आपत्कालीन अवतरण


१९ श्रावण २०७९, बिहीबार १३:३८ मा प्रकाशित

काठमाडौँ । नेपालगञ्जबाट काठमाडौँका लागि उडेको केहीबेरमै इञ्जिनमा समस्या देखिएपछि श्री एअरलाइन्सको विमान फेरि नेपालगञ्जमै अवतरण गराइएको छ ।

विमान उडेको केहीबेरमा पाइलटले केही समस्या भएको जानकारी गराएपछि विमान नेपालगञ्जमै फर्काइएको जनाइएको छ । विमानमा झन्डै ८० जना यात्रु थिए ।

बिहान ९ बजेर ४९ मिनेटमा उडेको विमान पाँच मिनेट नपुग्दै फेरि नेपालगञ्ज फर्किएको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ । विमानमा भएका सबै यात्रुलाई बाहिर निकालिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here