काठमाडौं । आज बस्ने मन्त्रिपरिषद्को बैठकले नयाँ अर्थसचिव नियुक्त गर्ने भएको छ। आज दिउँसो १ बजे बस्ने बैठकमा नयाँ अर्थमन्त्रीको नियुक्ति हुने स्रोतको दाबी छ ।
हिजो बसेको सत्ता गठबन्धनको बैठकमा अर्थ सचिवमा उद्योग सचिव अर्जुनप्रसाद पोखरेललाई ल्याउने सहमति जुटेको पनि स्रोतको दाबी छ ।
त्यही अनुसार पोखरेललाई उद्योगबाट अर्थमा सरुवाको तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पनि सचिव खाली छ ।
पर्यटन मन्त्रालयका महेश्वर न्यौपाने गतसाता अवकाशमा गएपछि उक्त मन्त्रालयमा पनि सचिव पद खाली भएको हो ।
मरासिनीले शर्मालाई पछिल्लो समय असहयोग गरेका कारण मन्त्रालय जान नमानेको र प्रधानमन्त्री कार्यालयमा सरुवा मागेर बसेका बुझिएको छ । अर्थ मन्त्रालयका अनुसार मरासिनी गत आइतवारदेखि नै घर बिदामा हुनुहुन्छ ।





