दाङ । दाङमा ट्र्याक्टरबाट खसेर एक जनाको ज्यान गएको छ । आज बिहान लमही नगरपालिका–६ देउपुरमा लु ४ त ८१०६ नम्बरको ट्र्याक्टरबाट खसेर १५ वर्षीय सुशान चौधरीको ज्यान गएको हो ।
ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।
ट्र्याक्टरसहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।





